धनगढी । सुदुरपश्चिम–११ स्पोर्टस क्लब पाँचौ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पिएफए अत्तरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम उपाधि नजिक पुगेको हो ।
सुदूरपश्चिमको जितमा कप्तान गजेन्द्र शाही, ग्लोरी र फिलप तामाङले एक एक गोल गरे । अत्तरियाका अजित गुरुङले दुई गोल फर्काए ।
अब उपाधिका लागि सुदुरपश्चिमले स्टार सिटी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनकामना युवा क्लबलाई ३–२ ले हराएर स्टार यस अघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।