काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी विभागीय डर्बीको पहिलो हाफ सकिदा आर्मीले २-१ को अग्रता बनाएको छ ।
अघि खेलको १६ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । कप्तान भरत खवासलाई डिबक्स भित्र एपीएफका डिफेन्डर रमेश दंगालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीमा सन्तोषको प्रहार एपीएफका गोलरक्षक राजु योगीले रोकेपनी रिबाउन्डमा सन्तोष गोल गर्न सफल भए ।
खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । कर्नरबाट आएको आएको बललाई रमेश दंगालले हेडमार्फत मिलाएको पासलाई आशिषले गोल गरे ।
तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । एपीएफका गोलरक्षक राजुले डिबक्स बाहिर आएर बल छोएपछी पाएको फ्रिकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।