एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।
युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट अनुबन्ध गरेको हो । युनाइटेड र फर्नान्डेजबीच बिहिबार मेडिकलपछि औपचारिक सम्झौता हुने बताईएको छ ।
यस सिजन फर्नान्डेजले लिस्बनबाट २८ खेलमा १५ गोल गरेका छन् ।