काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत रहेको सेथु एफसीले भारतको हिरो महिला लिग फुटबलमा हार व्यहोरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा मंगलबार भएको खेलमा सेथु क्रिप्सा एफसीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
क्रिप्साको जितमा रतनबालादेवीले दुई गोल गरिन् ।
यस अघि पहिलो खेलमा सेथुले कोल्हापुर सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।
साविक विजेता समेत रहेको सेथुको दोस्रो खेलमा मिडफिल्डर अनिताले मैदान उत्रने मौका पाएकी थिइन् ।
अनिता लगातार दोस्रो सिजन सेथुबाट खेलिरहेकी हुन् ।