काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध आधा दर्जन गोल गरेको छ । नेपालले घरेलु टोलीविरुद्ध ६-२ गोल अन्तरले अग्रता बनाएको छ ।
नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै दीपा राई, अनिता बस्नेत र निरु थापाले एक एक गोल गरिन् ।