काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेकी छिन् । खेलको ३० औं मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक पुरा गरिन् ।
यसअघि सावित्राले खेलको तेस्रो र १५ औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए ।
सावित्राको ह्याट्रिकसँगै नेपालले ४-२ को अग्रता बनाएको छ ।