काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपालले घरेलु टोलीविरुद्ध ३-२ को अग्रता बनाएको छ । खेलको २५ औं मिनेटमा दिपा राईले गोल गर्दै नेपालले ३-२ को अग्रता दिलाए ।
यसअघि नेपालकी सावित्रा भण्डारीले खेलको तेस्रो र १५ औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए।
तर, किर्गीस्तानले खेलको २० औं र २२ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएको थियो ।