काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा किर्गीस्तानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको २२ औं मिनेटमा गोल गर्दै घरेलु टिमले खेल २-२ को बराबरीमा ल्याएको छ । यसअघि २० औं मिनेटमा किर्गीस्तानले पहिलो गोल फर्काएको थियो ।
त्यसअघि नेपालकी सावित्रा भण्डारीले खेलको १५ औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए। यस्तै खेलको तेस्रो मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।