काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलमा नेपालले किर्गीस्तानविरुद्ध २-० गोलको अग्रता बनाएको छ । नेपालकी सावित्रा भण्डारीले खेलको १५ औं मिनेटमा गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
यसअघि खेलको तेस्रो मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।