काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको सुरुवातमै नेपालले किर्गीस्तानविरुद्ध गोल गरेको छ । नेपालकी सावित्रा भण्डारीले खेलको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।