काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले आज आयोजक किर्गीस्तानसँग खेल्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा किर्गीस्तानविरुद्ध मैदान उत्रने नेपाली टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ ।
घरेलु टिमविरुद्ध नेपालको अग्रपंक्ति सावित्रा भण्डारी र कप्तान निरु थापाले सम्हाल्ने छन् ।
खेल नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ ।
नेपालको प्लेईङ- ११
गोलरक्षक : एन्जिला सुब्बा
डिफेन्डर : अमृता जैसी, पुनम जर्घा मगर, गिता राना, हिरा भुजेल
मिडफिल्डर : रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन
स्ट्राइकर : निरु थापा (कप्तान) , सावित्रा भण्डारी