काठमाडौं । किर्गीस्तानमा आजबाट सुरु हुने 'नादेझ्दा कप' फुटबलको पहिलो खेलमा नेपालले आज (आइतबार) आयोजकसँग खेल्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । र, नेपाल र किर्गीस्तानबीचको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।
किर्गीस्तान फुटबल एसोसियसनले प्रतियोगिताको प्रत्यक्ष प्रशारण किर्गीस्तान स्पोर्ट्स टिभीको युट्युब च्यानलबाट हुने जनाएको छ ।
प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
तुलनात्मक रुपमा किर्गीस्तानको महिला टिम नेपाल भन्दा कमजोर मानिएको छ । फिफा वरियतामा किर्गीस्तानको महिला टिम अटाउन सकेको छैन । नेपाल भने १०१ औं स्थानमा रहेको छ । पुरुष फुटबलमा भने किर्गीस्तान एसियाकै बलियो टिममा पर्ने गर्छन् ।
तर, उपाधि जित्ने लक्ष्यसहित किर्गीस्तान पुगेको नेपाली टोलीलाई घरेलु टोलीले कठिन चुनौती भने दिनेछ । किर्गीस्तानलाई घरेलु मैदान र समर्थकको साथ समेत रहन्छ ।
पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ ।
लाईभ हेर्नुहोस् -