एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकामाथि संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली कोस्टारिकालाई पराजित गर्न उरुग्वेका जर्जियन डे एरास्काइटा र जोनाथन रोड्रिगेजले एक एक गोल गरे । कोस्टारिकाका सेल्सो बोर्जेसले एक गोल फर्काए ।
खेलको ४२ औं मिनेटमा जर्जियनले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा कोस्टारिकाका बोर्जेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा जोनाथनले गोल गर्दै उरुग्वेलाई २-१ को जित दिलाए ।