काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत नेपालले पहिलो खेलमा अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलको दोस्रो हाफको खेल जारी रहदा नेपालका डिफेन्डर अजित भण्डारी घाइते भएका छन् । खेलको ५४ औं मिनेटमा चोट बोक्दै अजित मैदानबाट बाहिरिएका छन् ।
अजितको स्थानमा दिनेश राजवंशी मैदान प्रवेश गरेका छन् । खेलको दोस्रो हाफ जारि रहदा नेपाल ५-० ले पछि परेको छ ।