काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलमा नेपाल ३-० ले पछि परेको छ ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुवातमै गोल खाएको हो । खेलको ५१ औं मिनेटमा युसेफ नासिरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका छन् ।
यसअघि नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए ।