काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-० ले पछि परेको छ ।
खेलको छैटौं मिनेटमा युसेफ नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।
यस्तै खेलमा कुवेतको केहि उत्कृष्ट प्रहार कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।