काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलको सुरुवातमै नेपाल २-० ले पछि परेको छ । खेलको १३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
यसअघि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन् ।