काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलको सुरुवातमै नेपाल १-० ले पछि परेको छ । युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन् ।