काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू-१५ फुटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रारम्भिक चरणमा रहेका ४२ खेलाडीबाट अन्तिम टोलीको छनोट गरेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आयोजना हुने साफ आगामी असोजमा हुँदैछ ।
नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।
यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।
नेपाली टिम :
गोलरक्षक : सावित्री किशान, पुजा थापा, लिला जोशी
डिफेन्डर : कुमारी तामाङ, सरु हमाल, मन्जु खड्का, प्रतिक्षा चौधरी, दिभ्या एस्मली मगर, सविना चौधरी, पुष्पा गुरुङ
मिडफिल्डर : अनु राई, सुरक्षा सुखरीया, ममता पुन, सरा बज्राचार्य, मन माया दमाई, सुस्मा जिटी, मनिषा राउत, संकला राई, अस्मिता रनपाल
स्ट्राइकर : प्रिती राई, अमिशा कार्की, मन्दिरा राई, नितिका थोकर