काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटमा माल्दिभ्सले विजयी सुरुवात गरेको छ ।
छनोट अन्तर्गतको शुक्रबार भएको पहिलो अवे खेलमा माल्दिभ्सले गुवामलाई १-० गोल अन्तरले हराएको छ ।
गुवामको मैदानमा भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम माहुधीले खेलको २६ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै समूह 'बी' को माल्दिभ्सले ३ अंक जोडेको छ । गुवामले भने हारबाट सुरुवात गरेको छ ।
यस समूहमा माल्दिभ्स र गुवामसँगै चीन, फिलिपिन्स र सिरिया रहेका छन् ।