पहिलो खेलमा नेपाल पराजित
मंगलबार, २६ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१८ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल भारतसंग पराजित भएको हो ।
बंगलादेशको ढाकामा नेपाल भारतसंग ९४-४८ अंकले पराजित भएको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले बुधबार श्रीलंकासंग खेल्नेछ । त्यसपछि नेपालले माल्दिभ्स र बंगलादेशसंग खेल्ने छन् ।
प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, श्रीलंका, भारत र माल्दिभ्सले सहभागिता जनाएका छन् ।











-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)
