काठमाडौं । विदुर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा बिहिबार पनौती नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै विदुरले विजयी सुरुवात गरेको हो ।
विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् । यस्तै रन्जित राई र रन्जना दर्जीले एक एक गोल गरिन् । विदुरले एक गोल आत्मघाती उपहार पाएको थियो । पनौतीका अप्सरा परियारले आत्मघाती गोल गरिन् ।
जितसंगै समूह ‘डी’ बाट विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ । पनौतीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।