राशिद बने विश्वकपमा सर्वाधिक रन खाने बलर
मंगलबार, असार ३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अफगानिस्तानका स्पिनर राशिद खान आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन खाने बलर बनेका छन् ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा मंगलबार घरेलु टोलीविरुद्ध राशिदले एकै इनिङ्समा १ सय बढी रन व्यहोर्दै सर्वाधिक रन खाने बलर बनेका हुन् ।
इंग्ल्याण्डविरुद्ध खराब बलिङ गरेका राशिदले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए । र, राशिदले विकेट लिन सकेनन् ।
म्यानचेस्टरमा जारी खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ३९८ रनको लक्ष्य दिएको छ ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



