एजेन्सी । ब्राजिललाई २–१ ले स्तब्ध बनाउदै गर्दा बेल्जियमले विश्वकप विजेतामा चाहिने सबै चिज देखायो ।
रोबर्टो मार्टिन्जको रेड डेभिल्सले पहिलो हाफमा अभुतपुर्व प्रर्दशन ग¥यो । उसले ब्राजिलविरुद्ध पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । एक हिसावमा बेल्जियमले खेल जित्ने संकेत अगाडीनै देखाएको थियो ।
ब्राजिलले दोस्रो हाफमा खेलमा फर्कने संकेत नगरेको होईन । खेल सकिन १५ मिनेट अगाडी रेनेटो अगुस्टोले ब्राजिलकालागि गोल गरे । तर पाँच पटकको विश्व विजेता निराशाजनक नतिजा भोग्य बाध्य भयो ।
नकआउट चरणको पहिलो खेलमा बेल्जियमले जापानलाई ३–२ ले हराएको थियो । त्यसमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै बेल्जियमले जित निकालेको थियो ।
केही बर्ष यता सबैलाई थाहा छ, बेल्जियमसंग उत्कृष्ट खेलाडी छन्, तर प्रश्न उनीहरु मानसिक रुपमा कत्तिको तयार छन् भन्ने थियो ।
धेरै तर्कहरुले अहिले एकसाथ उत्तर पाएको देखिएको छ । ब्राजिलसंगको खेलको दिन फुटबल पण्डित रियो फर्डिनान्डले बेल्जियमले रुसमा आफ्नो पहिलो ठुलो मुख्य उपाधि जित्न सक्ने बताए ।
बेल्जियमले सुरुवातदेखिनै आफुलाई अगाडी बढाएको देखिन्छ । जब फर्नाडिन्होले ब्राजिलकालागि आत्मघाति गोल गरेका थिए । लगत्तै केभिन डि ब्रोयनाले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरे ।
‘नजिता निकै महत्वपुर्ण थियो ।’ फर्डिनान्डले भन्छन्, ‘उनीहरुलाई हेर्दा लाग्थ्यो उनीहरुसंग केही लिडर छन् । प्रतियोगितामा आउदै गर्दा उनीहरुको मानसिक अवस्थाका बिषयमा धेरै प्रश्नहरु उठेका थिए । दुई बर्ष अघि युरो कपमा उनीहरु खराब प्रर्दशन गर्दै बाहिरिएका थिए ।’
अहिले स्वर्णीम पुस्ताका खेलाडीले आलोचनाको जवाफ आफ्नो प्रर्दशनबाट दिईरहेका छन् । जसरी उनीहरुले ब्राजिललाई पराजित गरे । जसरी खेलेको सुरुवात गरे । जसरी टिमको निर्माण गरे अनि एउटा बलियो टिमलाई हराए ।
बेल्जियमले अब पहिलो सेमिफाईनलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्याण्ड र क्रोएसियाबीचको विजेताले फाईनल खेल्नेछ । योर्गेन क्लिन्समान, जसले वेस्ट जर्मनीबाट सन् १९९० मा विश्वककप जिते । उनीसमेत बेल्जियमको प्रर्दशनबाट अचम्मित छन् ।
‘उनीहरुले सानदार प्रर्दशन गरेका छन् । तपाई देख्न सक्नु हुन्छ, उनीहरुसंग एक अद्भुत टिम भावना रहेको छ । उनीहरु उपाधिको निकै नजिक छन् । रोबर्टो मार्टिनेजले एक अद्भुत काम गरिरहेका छन् ।’ उनले भन्छन् ।
( एजेन्सीको सहयोगमा )