• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपमा तहल्का मच्चाएका एसोसियट राष्ट्रका ३ खेलाडी
खेलपाटी संवाददाता
आइतबार, असार १, २०७६ खेलपाटी संवाददाता
विश्वकपमा तहल्का मच्चाएका एसोसियट राष्ट्रका ३ खेलाडी

एजेन्सी । कुनै समय ठुला राष्ट्रका उत्कृष्ट खेलाडी र एसोसियट राष्ट्रका खेलाडीबीचको भिडन्त नै विश्वकप क्रिकेटको सुन्दरता थियो । तर, १२ औं संस्करणको विश्वकपमा १० राष्ट्रको सहभागिताले विश्वकप खल्लो महसुस भईरहेको छ ।

विगतको विश्वकपमा एसोसियट राष्ट्रले उपाधि दाबेदार टोलीलाई निकै हम्मेहम्मे पार्थे । केहि विश्वकपमा एसोसियट राष्ट्रले टेष्ट राष्ट्रलाई पराजित गरेको इतिहास छ । एसोसियट टोलीले प्रतियोगितामा फरक परिस्थिति सिर्जना गर्थे । जसको कारण विश्वकपको रोमान्चकता छुट्टै हुने गर्थ्यो ।

सन् १९९६ केन्याले वेष्ट इण्डिजलाई पराजित गर्दा वा आयरल्याण्डले जिम्बाबे र पाकिस्तानलाई सन् २००७ मा हराउँदा क्रिकेट पण्डितहरु आश्चर्यचकित परेका थिए ।

अझ सन् २००३ को विश्वकपमा केन्याले सेमिफाइनलको यात्रा तय गर्दा सारा विश्वनै चकित भएको थियो । हालसम्म एसोसियट राष्ट्रले विश्वकपमा निकालेको यो नै सर्वाधिक राम्रो नतिजा हो ।

इंग्ल्याण्डमा जारी विश्वकपमा भने कुनै पनि एसोसियट राष्ट्रको सहभागिता रहेको छैन । टेष्ट मान्यता पाएपनि यसपटक आयरल्याण्ड र जिम्बाबेले विश्वकप गुमाएका छन् ।

तर, अघिल्ला विश्वकपमा एसोसियट राष्ट्रले गरेको उच्च प्रदर्शन क्रिकेट प्रेमीहरुले बिर्सने छैनन् । यस पटक एसोसियट राष्ट्रले विश्वकप नखेलेपनी अघिल्ला विश्वकपमा एसोसियट राष्ट्रका खेलाडीले गरेको उच्च प्रदर्शनको चर्चा गरेका छौं ।

१. केभिन ओब्राइन (आयरल्याण्ड)

Image result for kevin o'brien

टेष्ट राष्ट्रको मान्यता पाउनु अघि, सन् २०११ को विश्वकपमा आयरल्याण्डका केभिन ओब्राइनले सबैको मन जितेका थिए । आयरल्याण्ड क्रिकेटलाई यो स्थानसम्म पुर्याउनुमा उनको समेत ठुलो यागदान रहेको छ ।

भारतमा भएको सो विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डविरुद्ध रोमाञ्चक जित निकाल्दा विश्व चकित बनेको थियो । एम चिन्नास्वामी स्टेडियममा, केभिनको एकल प्रयासले आयरल्याण्ड विश्वकपको क्वाटरफाइनल पुगेको थियो ।

कसले नसोचेको नतिजा निकाल्ने क्रममा केभिनले विश्वकप इतिहासकै छिटो शतक प्रहार गरेका थिए । केभिनले मात्र ६३ बलमा १ सय १३ रन बनाउँदै इंग्ल्याण्डविरुद्ध रोमाञ्चक जित दिलाएका थिए ।

२. ड्वाने लेभेरक (बर्मुडा)

Image result for dwayne leverock
सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय विश्वकपमा तहल्का मच्याउन सफल राष्ट्र अहिले डिभिजन-४ मा रहेको छ । बर्मुडाले सन् २००७ मा पहिलो पटक विश्वकपमा छनोट हुँदै इतिहाँस बनाएको थियो ।

वेष्ट इण्डिजमा भएको प्रतियोगितामा बर्मुडाले समर्थकको पनि राम्रो साथ पाएको थियो ।

पहिलो खेलमा श्रीलंकासंग पराजित भएको बर्मुडाले दोस्रो खेलमा भारतविरुद्ध मैदान उत्रिएको थियो । पहिले बलिङ गरेको बर्मुडाले पहिलो ओभरमा मात्र ३ रन खर्चियो । दोस्रो ओभर बलिङ गर्न आएका १७ बर्षे मलाची जोन्सले पहिलो बलमा भारतका ओपनर रबिन उथप्पालाई पेभिलियन फर्काउँदै आफ्नो विश्वकप सपना पुरा गरे ।

उक्त खेलमा सबैभन्दा उत्कृष्ट क्षण के रह्यो भने रबिनलाई आउट पार्न ड्वाने लेभेरकले स्लिप क्षेत्रमा लिएको क्याच । उक्त क्याच अहिलेसम्मको उत्कृष्ट क्याच पर्छ । निकै मोटो खेलाडी लेभेरकले दाँयातर्फ डाइभ लगाउँदै एक हातले गरेको क्याच निकै सुन्दर थियो । त्यस क्याचपछि बर्मुडाका खेलाडीले मैदानमा मानेको खुसी बर्मुडाले उपाधि जितेको सरह थियो ।

लेभेरक बाँया हाते अर्थोडक्स स्पिनर हुन् । उनले बर्मुडाका लागि ११ एकदिवसीय खेल खेलेका छन् । अभ्यास खेलमा पौल कलिङवुड र केभिन पिटरसन्को विकेट हात पारेका उनी भारतविरुद्धको क्याच पछि सबै पत्रिकाको हेडलाइन बनेका थिए ।

३. सुल्तान जरावानी (युएई)

Image result for sultan zarawani

युएईले सन् १९९६ मा विश्वकपमा डेब्यु गरेको थियो । युएईका कप्तान सुल्तान जरावानी यस्ता खेलाडी थिए जो डर बिहिन क्रिकेट खेल्ने गर्थे ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा सुल्तानले त्यसको उदाहरण प्रस्तुत गरे । हेल्मेट बिना मैदानमा रहेका सुल्तानले दक्षिण अफ्रिका फास्ट बलर एलन डोनाल्डको सामान गर्दै थिए ।

अचानक डोनाल्डले बाउन्सर फाल्दा सुल्तानको टाउकोमा लाग्यो । सुल्तानले टाउको समात्दै पिच बाहिर निस्कन थाले । सबै खेलाडीहरु सुल्तानलाई सम्हाल्न पिचतर्फ आइरहेका थिए । लाग्दै थियो उनको टाउकोमा नराम्रो चोट लागेको छ । तर, सबै खेलाडीले उनलाई छुन नपाउँदै उनले पिचमा फर्केर ठिक रहेको संकेत गरे ।

जसको कारण ९० को दशकका क्रिकेट समर्थकले उनलाई डरबिहिन खेलाडीको रुपमा आफ्नो मानसपटलमा राखेका छन् । उनले भारतविरुद्ध भएको खेलमा क्रिकेटका हस्ती सचिन तेन्दुलकरलाई समेत आउट गरेका थिए ।

र, यो पनि : विश्वकपमा एसोसियट राष्ट्रको सहभागिता किन आवश्यक ? 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP