भारतलाई ठुलो झड्का, धवन तीन साता मैदान बाहिर
मंगलबार, २८ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । भारतीय ओपनर ब्याट्सम्यान शिखर धवनले तीन साता मैदान बाहिर रहने भएका छन् ।
अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवन तीन साता मैदान बाहिर रहने भएका हुन् ।
मैदान बाहिर रहने भएपछि धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् ।
अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनले बुढी औंलाको चोट बोकेका थिए । अष्ट्रेलियाविरुद्ध धवनले ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।
अब धवनले विश्वकप अन्तर्गत न्युजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इण्डिज र इंग्ल्याण्डसँगको खेल गुमाउने छन् ।
धवनले चोट बोकेपछि भारतलाई ठुलो झड्का लागेको छ ।






-1769086635000.jpeg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)