सञ्जय र अस्मितालाई स्वर्ण
काठमाडौं । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा आयोजित दोश्रो अन्तर क्लान खुला राष्ट्रिय उसु प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा मनमैजु उसु क्वानका सञ्जयराज पुतुवार र महिलामा बलम्बु उसु क्वानकी अस्मिता श्रेष्ठले बिहीबार स्वर्ण जितेका छन् ।
नेपाल उसु संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल भइरहेको प्रतियोगिताको नान छ्वानतर्फ पुरुषमा मनमैजुका अम्मरबहादुर पुलामी तथा महिलामा निन्जा उसु क्वानकी प्रेमकुमारी आलेमगर पहिलो भए ।
थाइची छ्वानको पुरुषमा शिअ उसु क्वानका जनक बुढा तथा महिलामा शिअकी सम्झना चौधरी पहिलो भए ।
पुरुष ताव सुमा मनमैजुका राजीव तामाङ, महिला नान कुन सुमा मनमैजुकी मन्जरी महर्जन, पुरुष नान ताव सुमा मनमैजुका अशोक बुढा मगर, महिला नान ताव सुमा निन्जाकी सीता ठाडा मगर, महिला थाइची चियनमा शिअकी स्वस्ती दहित, पुरुष थाइची चियनमा मनमैजुका मनीष बुढाथोकी, पुरुष नान कुन सुमा बुद्ध प्रकाश उसु क्वानका मनीष तामाङ र महिला चियन सुमा बुद्ध प्रकाशकी मुना शिरिष मगरले पहिलो स्थान हात पारे ।













-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)
