नेपाल र मलेसियाको खेल सुरु
आइतबार, जेठ १९, २०७६खेलपाटी संवाददाता

काठमाडौ । मैत्रीपुर्ण फुटबल खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धामा उत्रिएका छन् । मलेसियाको बुरीत जालिल राष्ट्रिय मैदानमा दुवै टिम प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेपाली टोलीको अग्रपंक्ति नवयुग श्रेष्ठ र विमल रानाले सम्हालेका छन् । विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेलमा उत्रिएको हो ।
फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा रहेको छ । फिफा वरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो ।
मलेसियासंगको खेलपनि नेपाल अर्को मैत्रीपूर्ण खेल खेल्न चाईनिज ताईपे जाने छन् ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ
मिडफिल्डर : रवी पासवान,रोहित चन्द,बिक्रम लामा, सुजल श्रेष्ठ
फरवार्ड : नवयुग श्रेष्ठ, विमल राना











-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)


