• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
मिष्टर काठमाडौं शारीरिक सुगठन भदौमा
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०७६ खेलपाटी संवाददाता
मिष्टर काठमाडौं शारीरिक सुगठन भदौमा

काठमाडौं । मिष्टर काठमाडौं शारीरिक सुगठन, महिला एथलेटिक्स फिजिक्स, जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन तथा पुरुष स्पोर्ट्स फिजिक्स प्रतियोगिता भदौमा आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता भदौ २० र २१ गते हुने जानकारी गराएको छ । 

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको सहयोगमा हुने प्रतियोगितामा १३० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मिस्टर काठमाडौं प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन आज प्रिजजिङ्ग राउण्डबाट प्रत्येक वजन समूहका खेलाडीबिच प्रतिस्पर्धा गराई ५ जना खेलाडीलाई फाईनल चरणमा छनौट गरिने छ । जसमा पहिलो,दोस्रो तथा तेस्रो हुने खेलाडीलाई पदक प्रमाण पत्रका साथै नगद १५, १० र ५ हजार प्रदान गरिने छ । 

मिस्टर काठमाडौंमा समूहगत विजेता खेलाडीहरुबीच पुन प्रतिस्पर्धा गराएर समग्रमा पहिलो हुने खेलाडीलाई ‘मिष्टर काठमाडौं’ को उपाधि प्रदान गरिनेछ । उपाधिसंगै मिष्टर काठमाडौंले १ लाख ५० हजार नगद, ट्रफी र ब्यानेट प्राप्त गर्नेछ । 

यस्तै, महिलातर्फ खुल्ला उचाई अन्तर्गत प्रतिस्पर्धा गराईने छ ।  महिलातर्फ फाइनल चरणमा छनोट भएका ५ महिला खेलाडीबीच प्रतिस्पर्धा गराई समग्रमा पहिलो हुनेलाई महिला एथलेटिक्स फिजिक्सको उपाधिसंगै ३० हजार, ट्रफी र ब्यानेट पाउने छन् । दोस्रोले १५ र तेस्रो ५ हजार पाउनेछन् । 

पुरुष जुनियरतर्फ २०७५ चैत मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जुनियरतर्फ प्रिजजिङ राउण्डबाट ५ जना खेलाडी फाईनल चरणकोलागि छनोट गरिने छ । पुरुष फिजिक्समा १७० सेमीसम्म र १७० सेमी माथि उचाई समूहमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।

फाइनल चरणमा छनोट भएका पुरुष जुनियर र पुरुष स्पोर्ट्स फिजिक्स मध्येबाट प्रतिस्पर्धा गराई समूहगत पहिलो हुनेलाई उपाधिसंगै नगद ३० हजार,ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ । यस्तै दोस्रोले १५ हजार र तेस्रोले ५ हजार पाउने छन् ।

खुल्ला प्रतियोगिता रहेको कारण प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पदक जितेका खेलाडीले पनि खेल्न पाउने छन्  । तर, एकै वजन समूह एक क्लब वा संस्थाबाट मात्र २ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP