खेलकुद विधामा प्रतिकको फोटो उत्कृष्ट (तस्विरसहित)

काठमाडौं । फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ अन्तर्गत खेलकुद विधातर्फ प्रतिक रायमाझीको फोटो उत्कृष्ट घोषित भएको छ ।
पिजे क्लबले बिहिबार सार्वजनिक गरेको 'डिसहोम एक्सन स्पोर्टस विधा' मा रायमाझीको फोटोले उपाधि जितेको हो । विश्वकै अग्लो स्थान सगरमाथामा आयोजना हुने एभरेस्ट म्याराथन दौडमा एक खेलाडीले प्रतिस्पर्धा गर्दै गरेको रायमाझीको फोटो उत्कृष्ट ठहरिएको हो ।
यस्तै सोलुखुम्बुको एक गाउमा भलिबल खेल्दै गरेको रविक उपाध्यायको फोटोले दोस्रो स्थान हात पारेको छ । यो विधामा भक्तपुरमा सम्पन्न बाइक रेसको दौरान खिचिएको उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भएको छ ।
यो विधामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छनोट गरेको हो । निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेका थिए ।
हेर्नुस उत्कृष्ट तस्विर :
पहिलो भएको तस्विर -

दोस्रो भएको तस्विर -

तेस्रो भएको तस्विर-














%20(1)-1777447778534.jpeg&w=3840&q=75)


