मेरी कोमसंग पराजित भईन नेपालकी माला

काठमाडौं । दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो दिन नेपालकी माला राई पहिलो चरणबाटै बाहिरिएका छन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा मंगलबार प्रतिस्पर्धा गरेकी माला राई पहिलो खेलमै पराजित भईन ।
महिला ५१ केजी तौल समूहमा माला भारतकी चर्चित खेलाडी मेरी कोमसंग अंकको आधारमा ५-० ले पराजित भईन् ।
विश्व वरियताको शीर्ष स्थानमा रहेकी मेरी कोमविरुद्ध मालाले तीनै राउण्ड रिङमा टिकेकी थिईन् ।
मणिपुरकी ३६ वर्षीय कोमले ६ पटक विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी छिन् । कोमले गतवर्ष यसै च्याम्पियनसिपमा ४८ केजी तौल समूहमा स्वर्ण जितेकी थिईन् ।
प्रतियोगिता अन्तर्गत नै मंगलबार ६४ केजीमा पुनम रावलले प्रतिस्पर्धा गर्ने छिन् ।
यसअघि सोमबार नेपालका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भएका थिए ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


