आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

पुन : एन्फा कार्यसमिति बैठक आह्वान !

बिहिबार, ०२ जेठ २०७६खेलपाटी संवाददाता
पुन : एन्फा कार्यसमिति बैठक आह्वान !

एन्फा कार्यसमिति बैठक ।

mustang rice ad

काठमाडौं । अलिख नेपाल फुटबल संघ एन्फाले पुन कार्यसमितिको बैठक बोलाएको छ । फिफा कंग्रेस लगायतका बिषयमा छलफल गर्न भन्दै एन्फाले जेठ १७ गते कार्यसमिति बैठक बोलाएको हो ।

वरिष्ठ उपाध्यक्ष सहित एजेण्डामा छलफल गर्न गत मंगलबार कार्यसमिति बैठक बसालेको एन्फाले एक दिन नबित्दै पुन नयाँ एजेण्डा सहित कार्यसमितिको बैठक आह्वान गरेको छ ।

यस पटक एन्फाले १७ दिन समय राख्दै कार्यसमिति बैठक आह्वान गरेको हो ।

गत मंगलबारको बैठक विधान सम्मत नभएको कारण देखाउँदै उपाध्यक्ष वीरबहादुर खड्का सहित तीन कार्यसमिति सदस्यले एन्फा वहिष्कार गरेका थिए ।

एन्फा विधान अनुसार कार्यसमिति बैठक आह्वान गर्न कम्तिमा १४ दिन अवश्यक रहेको भन्दै उपाध्यक्ष खड्का सहित पुर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिष्कार गरेका थिए ।

उनीहरुले अवैधानिक बैठकले गरेका निर्णय मान्य नहुने भन्दै माइन्युट पुस्तिकामा हस्ताक्षर गर्न समेत अस्विकार गरेका थिए ।

तर एन्फा नेतृत्वले भने संशोधित विधान अनुसार कम्तिमा ७ दिनको समय राखेर बैठक राखेको जिकिर गर्दै आएको छ । साधारण सभाबाट पारित भएको विधानलाई फिफा र एएफसीले समेत पारित गरेको अवस्थामा कार्यसमिति बैठक विधान सम्मत भएको नेतृत्वको जिकिर छ ।

तर खड्का लगायतका केन्द्रिय सदस्यले राखेपको छाप नभएको विधान आफुलाई मान्य नहुने भन्दै बैठकको वैधानिकताको प्रश्न उठाएका थिए ।

खड्काले कार्यसमिति बैठक र वरिष्ठ उपाध्यक्षको निर्णय विधान सम्मत नभएको भन्दै पत्रकार सम्मेलन गरेर विरोध गर्ने चेतावनी नेतृत्वलाई दिएका थिए ।

‘लन्च मिटिङ’को सहमती

कार्यसमिति बैठक बहिष्कार गरेका खड्काले एन्फा नेतृत्वसामु वैधानिकताको प्रश्नमात्र उठाएनन् फिफा कंग्रेसमा जान नाम सिफारिस भएर टिकट समेत आएको अवस्थामा नैतिकताका आधारमा नजाने घोषणा समेत गरेका थिए ।

लगत्तै भोली पल्ट (बुधबार) असन्तुष्ट पक्षसंग एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहितका पदाधिकारीले छलफल गरेका थिए । बिहानै लन्च मिटिङमा भेला भएका दुवै पक्ष मिलेर अगाडी बढ्ने सहमती गरेका थिए ।

तर दुवै पक्षले सहमतीलाई आ-आफ्नो ढङ्गले प्रस्तुत गरेका छन् ।

बैठकमा पुरानै विधान अनुसार कम्तिमा १४ दिनको समय राखेर कार्यसमिति बैठक बोलाउने र पुराना निर्णयलाई अनुमोदन गर्ने सहमती भएको उपाध्यक्ष खड्काको दाबी छ ।

‘हामीले अध्यक्षलाई विधानसम्मत बैठक भएन भनेर विरोध गरेका थियौ । सोही अनुसार आजै (बुधबार) नयाँ कार्यसमितिको बैठक बोलाउने सहमती भएको छ । विविध शीर्षकको एजेण्डामा राखेर भएपनि वरिष्ठ उपाध्यक्ष सहितको पुरानो निर्णयलाई अनुमोदन गराउनुपर्ने सहमती हो ।’ उनले भने ।

तर एन्फा प्रवक्ता किरण राई नयाँ विधान अनुसार जेठ १७ गतेको बैठक बोलाईएको दाबी गरे ।

‘कार्यसमितिले आवश्यक परेको अवस्थामा कुनै पनि बेला बैठक आह्वान गर्न सक्छ । सोही अनुसार १७ गते बैठक बोलाईएको हो । अघिल्लो बैठकको निर्णय र नयाँ बोलाईएको बैठक फरक बिषय हो ।’ उनले खेलपाटीसंग भने ।

आगामी जेठ १७ गते बोलाईएको कार्यसमिति बैठकका एजेण्डा निम्न प्रकार रहेको छन् ।

१. १६ औ फिफा कंग्रेसका सम्बन्धमा

२. राष्ट्रिय लिग र सहिद स्मारक लिग सम्बन्धमा

३. प्रदेश लिग तथा एन्फा प्रेसिडेन्ट कप सञ्चालन समिति गठन सम्बन्धमा ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने