आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुडोका रमेशलाई १० बर्षको प्रतिबन्ध !

सोमबार, ३० बैशाख २०७६खेलपाटी संवाददाता
जुडोका रमेशलाई १० बर्षको प्रतिबन्ध !
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल जुडो संघले अन्तराष्ट्रिय खेलाडी रमेश मगरलाई १० बर्षको प्रतिबन्ध लगाएको छ । सागका पदकधारी खेलाडी मगरलाई जुडो संघले जुडो सम्बन्धी कुनैपनि कार्यक्रममा सहभागि हुन नपाउने गरि १० बर्षको प्रतिबन्ध लगाएको हो ।

प्रशिक्षण कोर्सको प्रयोगात्मक परिक्षा दिन हङ्गेरी प्रस्थान गरेका उनी बिदेशमा लुकेको पुष्टि भएपछि संघले उनलाई कारबाही स्वरुप प्रतिबन्ध लगाएको हो ।

आईजेएफ एकेडेमी लेवल वानको ११ हप्ताको सैद्वान्तिक परिक्षामा सहभागि भएर उत्तीण भएका उनी प्रयोगात्मक परिक्षामा सहभागि हुन हङ्गेरी जाने क्रममा फ्रान्समा लुकेका थिए ।

सन् २०१९ मा अप्रल १४ गते हङ्गेरी उडेका उनी सम्पर्क विहिन भएका थिए । अन्तराष्ट्रिय जुडो महासंघले समेत मगर निर्धारित स्थानमा नपुगेको भन्दै नेपाल जुडो संघको ध्यानकर्षण गराएको थियो ।

अनुसन्धानको क्रममा उनी फ्रान्समा लुकेर बसेको पत्ता लागेपछि उनलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले खेलपाटीलाई बताए ।

मगरको गतिविधिले देशको छवि र जुडो संघको प्रतिष्ठामा आँच पुर्याउने काम गरेको भन्दै उनलाई प्रतिबन्ध लगाईएको संघको भनाई छ ।

जुडोका अन्तराष्ट्रिय खेलाडी रमेशले भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुद सागमा काँस्य जितेका थिए । त्यस अघि उनले बंगलादेशमा भएको सागमा समेत पदक जितेका थिए । खेलाडीसंगै पछिल्लो समय प्रशिक्षकमा समेत अब्बल सावित गर्दै आएका उनी लेवल वान कोर्स गर्न हङ्गेरी उडेका थिए ।

यस्तै, संघले कुनैपनि जानकारी नगराई जापान प्रशिक्षणबाट फर्किएकी फुपुलामु खत्रीलाई टोकियो ओलम्पिक सम्मका लागि निलम्बन गरेको छ ।

बिना सुचना प्रशिक्षण छाडेर स्वदेश फर्किएको र कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिपोर्टका आधारमा उनलाई निलम्बन गरिएको संघले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने