बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कोरमै नपुगेर बैठक स्थगित !

बुधबार, बैशाख २५, २०७६खेलपाटी संवाददाता
कोरमै नपुगेर बैठक स्थगित !
Classic Tech Internet Ad

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारी समितिको बैठक कोरम नपुगेर स्थगित हुने अवस्था सिर्जना भएको छ ।

युवा तथा खेलुकद मन्त्री जगत विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको मंगलबार अपरान्ह बस्ने बैठक कोरमै नपुगी स्थगित भयो ।

खेलकुद मन्त्री विश्वकर्माले मंगलबार ३ बजे तयारी समितिको बैठक आह्वान गरेका थिए । तर संसदमा नीति तथा कार्यक्रममाथि छलफल चलेकाले ४ बजेमात्र बैठक बस्न तयारी भयो । तर बैठकमा करिब १० जनामात्र सदस्य उपस्थित रहे ।

कोरम नपुग्ने अवस्था सिर्जना भएपछि बैठक अघि बढ्न भने सकेन ।

सागको प्रतियोगिता आयोजनाका लागि खेलकुद मन्त्री संयोजकत्वको तयारी तथा व्यस्थापन मुल समारोह समिति छ ।

समितिमा विभिन्न मन्त्रालयका सचिव, ओलम्पिक कमिटि, राखेप, विभिन्न सुरक्षा निकायका प्रतिनिधि सहित करिब ३६ जना सदस्य रहने व्यवस्था छ ।

तर प्रतियोगिता आयोजनालाई लिएर समिति सदस्यले वेवास्ता गर्दा बैठकमा कोरमनै नपुग्ने अवस्था सिर्जना भएको हो ।

आयोजना बारे मन्त्रालयले विश्वस्त गराउन नसक्दाँ र सुचनाको व्यवस्थापकीय कमजोरीका कारण कोरम नपुग्ने अवस्था सिर्जना भएको समितिका एक सदस्यले खेलपाटीलाई बताए ।

सरकारले सन् २०१९ भित्र १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्वता जनाएको छ । सोही प्रतियोगितालाई उच्च प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रममा समेत साग खेललाई महत्व दिएको छ ।

तर घरेलु खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय गम्भिर नबन्दा तयारी समितिको बैठकमा कोरमनै नपुग्ने अवस्था सिर्जना भएको हो ।

बुधबार एक कार्यक्रममा मन्त्री विश्वकर्माले समेत व्यवस्थापनमा समस्या हुदाँ बैठकको कोरम पुग्न नसकेको बताए ।

सन् २०१८ मा सम्पन्न गरिसक्नुपर्ने प्रतियोगिता नेपालले पुर्वाधार निर्माणको कारण देखाउँदै अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा आयोजना गर्ने प्रतिबद्वता जनाएको थियो ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले समेत प्रतियोगिता डिसेम्बर १ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

 टप–क्लास टोली पीएसजी

टप–क्लास टोली पीएसजी

 जितको लयमा फर्कियो बार्सिलोना

जितको लयमा फर्कियो बार्सिलोना