फुलकन्टयाक्ट कराँते बैशाख २७ मा

काठमाडौं । राष्ट्रिय पुरुष खुल्ला तथा १३ औ राष्ट्रिय महिला तौल समुह फुलकन्टयाक्ट कराँते प्रतियोगिताको २० औ संस्करण बैशाख २७ सुरु हुने भएको छ ।
नेपाल क्योकुशिन कराते डो संघले आयोजना गर्ने प्रतियोगिता दुई दिनसम्म काठमाडौको दशरथ रंगशालास्थित मिनि कभर्ड हलमा सञ्चालन हुनेछ ।
मंगलबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराईएको छ ।
सात प्रदेशबाट प्रतिनिधित्व हुने प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विभिन्न स्पर्धाका विजेतालाई नगद सहितको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पुरुषतर्फ प्रथाम हुनेलाई ३० हजार, दोस्रो १५, तेस्रो ७ हजार ५ सय र चौथो हुनेलाई ३ हजार ५ सय रुपैयाँको व्यवस्था गरिएको छ ।
महिला स्पर्धाको पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २५ सय र चौथोले १ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिता आयोजना गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले बताए ।
उनले प्रदेशबाट छनोट भएर आउने खेलाडीले काठमाडौंमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)