शुक्रबार, ०६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हाईजम्प
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय प्रतियोगितामा ‘ईटाली’ देशको जर्सी

आइतबार, ०८ बैशाख २०७६नमीन ढकाल
राष्ट्रिय प्रतियोगितामा ‘ईटाली’ देशको जर्सी
Loading ad...
mustang rice ad

दाङ । खेल्नका लागि खेल अनुसारको पोशाक खेलकुदको न्युनतम शर्त हो । तर, आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले खेल र शरिर अनुसारको पोशाक पाएका छैनन् ।

अझै भनौ प्रतियोगिताको आधिकारिक पोशाक खेलाडीले नपाउदाँ आठौं राष्ट्रिय खेलकुद बेरंङ्गको बनेको छ । पहिलो कुरा पोशाकै नपाउने र पाएपनि आफ्नो साईजको नपाउने समस्या यथावत छ ।

धेरै खेलाडी बाहिरी देशका पोशाक लगाएर प्रतियोगिता खेल्न बाध्य छन् । राष्ट्रिय खेल खेल्ने खेलाडीले अन्तराष्ट्रिय पोशाक लगाएर खेल्नुपर्ने बाध्यता छ ।

शनिबार दाङको बेलझुन्डीमा त्यही दृष्य देखियो । बिहानको समय महिला हाई जम्पको हिट्स चरणका खेल थिए । हाई जम्मका लागि सेन्थेटिक ट्रयाकको तयारी थिएन । विकल्पको रुपमा मैदानको पछाडीको खुल्ला चौरमा खेलहरु खेलाईने भयो ।

महिला हाई जम्पमा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपीएफ सहभागि थिए । त्यसमध्ये राखेपले दिलाएको जर्सी लगाउने कमै मात्र खेलाडी थिए ।

त्यस मध्यमा एक खेलाडी भने अन्तराष्ट्रिय टोलीको जर्सीमा देखा परिन् । उनी प्रदेश ६ की बिष्णु राई थिईन् ।

पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी उनले विश्वकप फुटबलमा ५ पटकको विजेता टिम ईटालीको जर्सी लगाएकी थिईन् । उनको यो रहर थिएन, बाध्यता थियो ।

राखेपले प्रतियोगितका लागि खेलाडीलाई पोशाकले दियो तर अधिकांश खेलाडीले बेसाईजका पोशाक पाएका छन् ।

राखेपले दिलाएको पोशाक ज्यादै ठुलो भएपछि उनले समेत ईटालीको जर्सी लगाउनु परेको बाध्यता सुनाईन् ।

'जर्सी नपाएर हैन, जर्सी पाएको हो तर ठिक नभएर नलगाएको हो । निकै ठुलो छ, लगाउन गाह्रो हुन्छ । त्यो लगाउनु भन्दा नलगाएको हुँ ।' उनले भनिन् ।

उनी प्रतियोगिता खेल्न दुई दिन अघि मात्रै दाङ आएकी हुन् । उनको टिम यतिबेला आयोजना स्थलबाट ७ किलोमिटरको तुलसीपुरमा बसेको छ । तर उनले प्रतियोगिता खेल्नु अघि बाहिरी देशको पोशाक लगाउन हुने की नहुने भन्ने समेत थाहा नभएको बताईन् ।

'खेल्नु अघि मैले कोचलाई पनि जानकारी गराईन । आफ्नै हिसाबले लगाएकी हुँ ।' उनले भनिन् ।

सुर्खेत घर भएकी विष्णु एक बर्ष अघिमात्र हाईजम्प खेल्न सुरु गरेकी हुन् । उनी अहिले श्री सामुदायिक माध्यामिक विद्यालयको कक्षा १० मा पढ्छिन् ।

स्कुल पढ्दा देखिनै खेल्न थालेकी राईले स्कुलमा खेल्दै गर्दा राष्ट्रिय खेलकुदमा छनोट भएको बताउँछिन् । तर उनलाई हाइ जम्पबारे धेरै प्राविधिक कुरा थाहा नभएको बताईन् ।

'मलाई यसको धेरै नियमनै थाहा छैन । गुरुले जे गर भन्यो त्यहि गरेको हो । अनुमान लगाएर खेल्छु ।' विष्णु भन्छिन्, 'स्कुलमा पनि त्यति खेलिदैन । कहिले काही प्रतियोगिता आउन लाग्यो भने खेल्ने सिक्ने गरिन्छ ।'

बालुवामा अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न आएकी उनले तेस्रो चरणसम्म खेलिन् । तर माथि पुग्न सकिनन् । अघि बढ्ने तयारी समेत थिएन । उनले प्रतियोगिता खेल्न आएपछि होटल परिसरमै गुरुसंग तयारी गरेकी थिईन् । उनी स्कुल, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितमा छनोट भएकी हुन् ।

'खेल्न त गाह्रो हुँदैन, तर खेल्ने वातावरण छैन । खेल्ने स्थान छैन ।' उनि भन्छिन् 'खेल्ने ठाँउ नभएर हामी गाउँ घरमा बालुवामा खेल्छौँ । बालुवामा खेलेको भरमा राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीसँग भिड्नुपर्छ ।'

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

अनुज र सरितालाई स्वर्ण

अनुज र सरितालाई स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल