बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हाईजम्प
Bhat Bhateni Supermarket Ad

अनुज र सरितालाई स्वर्ण

बुधबार, ३० जेठ २०८१खेलपाटी संवाददाता
अनुज र सरितालाई स्वर्ण
mustang rice ad

पोखरा। मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन्। लङ जम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन्।

पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे। सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते। सरिताले ४.६१ मिटर जम्प गरिन्। कोसी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए। उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे। मधेसका दीपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए। सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन्। कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन्। बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे।

छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए। आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले। मधेसका अर्जुन शाह दोस्रो तथा कोशीका राजन बान्तवा राई तेस्रो स्थानमा रहे। उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जलस अधिकारी शीर्ष स्थानमा रहिन्। एन्जलस निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन्। लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुंगो लाग्दा ५ प्रदेशले स्वर्ण जितेका छन्। कर्णालीले २ तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जितेका छन्। जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ। सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

बंगलादेशमा नेपालकी सीमालाई कास्य

बंगलादेशमा नेपालकी सीमालाई कास्य

Bajaj Pulsar Motorcycle Ad
ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने