पुरुष हडल्समा आर्मीका निरलाई स्वर्ण
आइतबार, बैशाख ८, २०७६खेलपाटी संवाददाता

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हडल्समा आर्मीले स्वर्ण जितेको छ । आईतबार बिहान भएको खेलमा आर्मीका निर बहादुर चौधरीले स्वर्ण जितेका हुन् ।
उनले निर्धारित दुरी १५ दशमलव ५६ सेकेन्डमा पुरा गरे ।
यस्तै पुलिसका चन्द्र देव जोशी दोस्रो भए । आर्मीका अशोक कुँवर क्षेत्री तेस्रो भए । जाेशीले १५ दशमलव ६७ सेकेन्डकाे समय लगाए । कुँवरले १६ दशमलव ७० काे समय निकाले ।
आजै एथ्लेटिक्सतर्फ पुरुषको ११० मिटर हडल्स फाईनल सहित महिलाको १०० मिटर फाईनल, महिला पुरुषको ४ सय मिटर फाईनल, महिला पुरुषको ५ हजार मिटर फाईनल, महिला पुरुषको ट्रिपल जम्प फाईनल र महिला पुरुषको ४ बाई ४ सय मिटर फाईनलका खेल हुदैछन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


