• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
प्याराग्लाईडिङमा मिश्रित नतिजा
खेलपाटी संवाददाता
आइतबार, वैशाख ८, २०७६ खेलपाटी संवाददाता
प्याराग्लाईडिङमा मिश्रित नतिजा

पोखरा  । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाईडिङ एक्यूरेसी र क्रसकन्ट्री तर्फ पहिलो चरणका खेलहरु पोखरामा सम्पन्न भएको छ  ।

प्रतियोगिताको पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।

टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि सुदुर पश्चिम प्रदेश ११७० अंकका साथ चौथो, १८९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौ स्थानमा रहेको छ ।

इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ प्रथम स्थान बनाउन सफल भएका छन भने गण्डकी प्रदेशका अनिष भट्टराईले दोश्रो स्थानमा रहंदै ११ अंक बटुलेका छन । त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।

महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ २७४ अंकका साथ अगाडी रहेकी छन भने प्रदेश नं ३ की बिबी सिङताङ ३६१ अंकका साथ दोश्रो स्थानमा रहेकी छन । तेश्रो स्थानमा गण्डकी प्रदेशकी ५०१ अंकका साथ प्रतिभा बोगटी रहेकी छन । तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी हुन ।

पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।

सम्पन्न क्रसकन्ट्रि तर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन बनाउन सफल भएका छन । यसै गरि नेपाली सेनाका विशाल थापा ९०६ अंकका साथ दोश्रो स्थान र गण्डकी प्रदेशका शेर बहादुर गुरुङ ९०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन । दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।

यसै गरि क्रसकन्ट्रि महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका साथ पहिलो स्थान बनाएकी छन भने नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंकका साथ दोश्रो र प्रदेश १ की सुष्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा रहेकी छन् ।

यसै गरि टिम क्रसकन्ट्रितर्फ भने गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंकका साथ पहिलो स्थान बनाएको हो । प्रदेश ३ ले ३१५९ अंकका साथ दोश्रो र नेपाली सेनाले २७१७ अंकका साथ तेश्रो स्थान बनाएको छ ।

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना गरि खेलाडी सहभागी रहेका छन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्डरडग भुटानसँग सचेत नेपाल
अन्डरडग भुटानसँग सचेत नेपाल
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
महिला फुटबलमा एपीएफलाई स्वर्ण
महिला फुटबलमा एपीएफलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP