न्युजेनका रुबिना र प्रविनलाई स्वर्ण, मानससहित ३ खेलाडीलाई कास्य
आइतबार, असार १७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । थाईल्याण्डमा सम्पन्न चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा न्युजेन तेक्वान्दो क्लबका दुई खेलाडीले स्वर्ण र ३ खेलाडीले कास्य पदक जितेका छन् ।
आइतबार सकिएको च्याम्पियनसिपमा महिलातर्फ न्युजेनकी रुबिना घलेले ५८ केजी तौल समूहमा स्वर्ण जितिन् । पुरुषको फाइटतर्फ ६८ केजीमा प्रविन थापाले स्वर्ण हात पारे ।
यस्तै पुरुषतर्फ अन्य तीन खेलाडीले कास्य पदक जितेका छन् । पुम्सेको ग्रीन बेल्टमा मानस आचार्यले कास्य जित्दा पुम्सेकै ब्लाक बेल्टमा रत्न महर्जनले कास्य जिते । फाइटतर्फ ८० केजी माथिको तौलसमूहमा केशव थापाले पनि कांस्य पदक जितेका छन् ।
दुई दिन चलेको च्याम्पियनसिपमा विभिन्न १५ राष्ट्रको सहभागिता रहेको थियो ।








-1753017726.jpeg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)