बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
  4. /
  5. फुपुलाई जापान ओलम्पिक सम्म प्रतिबन्ध

फुपुलाई जापान ओलम्पिक सम्म प्रतिबन्ध

२०१९ अप्रिल १५, सोमबारखेलपाटी संवाददाता

फुपुलाई जापान ओलम्पिक सम्म प्रतिबन्ध

काठमाडौं । नेपाल जुडो संघले ओलम्पियन फुपु ल्हामु खत्रीलाई सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगिता सम्मका लागि प्रतिबन्ध लगाएको छ ।

ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षणरत फुपुले सम्बन्धित निकायलाई खबरनै नगरि स्वदेश फर्किएको भन्दै जुडो संघले टोकियो ओलम्पिक सम्मका लागि प्रतिबन्ध लगाएको हो ।

संघको पछिल्लो कारबाहीसंगै १२ औं साग गेम्सकी स्वर्णधारी फुपुले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएकी छिन् । सोही कारण उनी बाँकेमा सुरु भएको आठौं राष्ट्रिय राष्ट्रिय खेलकुदमा समेत सहभागिता जनाउन पाईनन् । उनी विभागीय टिम आर्मीबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिईन् ।

फुपूलाई गरिएको कारबाहीको पुष्टि गर्दै जुडो संघका सह महासचिव सुर्यनारायण श्रेष्ठले खेलपाटीसंग भने, ‘उनलाई अनुशासनको कारबाही गरिएको छ । उनलाई जापान ओलम्पिक सम्मका लागि कारबाही गरिएको छ । सोही अनुसारको पत्र विभागीय टिम आर्मीलाई समेत पठाईसकेका छौ ।’

नेपाल ओलम्पिक कमिटिको पहलमा टोकियो ओलम्पिकको तयारी स्वरुप फुपुलाई जापानमा प्रशिक्षणको व्यवस्था मिलाईएको थियो । तर प्रशिक्षणरत अवस्थामा उनीले जापान ओलम्पिक कमिटि, नेपाल ओलम्पिक कमिटि र नेपाल जुडो संघलाई थाहा नदिएर नेपाल फर्किएकी थिईन् ।

उनले जापानमा रहदाँ ८ महिनाको प्रशिक्षण गरेकी थिईन् । नेपाल फर्किए लगत्तै खेलपाटीसंग कुरा गर्दै फुपुले जापानमा बस्ने बातावरण नमिलेको र आफुलाई मानसिक तनाव दिने काम भएको बताउँदै नेपाल फर्किएको बताएकी थिईन् ।

संघका सह महासचिव श्रेष्ठले भने, ‘उनलाई निकै विश्वास गरेर उच्च स्तरको अभ्यासमा जापान पठाएका थियौ । तर केही दिन रोक्न गरेको आग्रहलाई बेवास्ता गर्दै उनी आफै टिकट लिएर स्वदेश फर्किईन् । सोही कारण उनलाई अनुशासनको कारबाही गरिएको छ ।’ उनले थपे, ‘फुपुको गतिविधिका कारण अन्य प्रतिभावान जुडो खेलाडीले अन्तराष्ट्रिय प्रशिक्षणको अवसर गुमाएका छन् ।’

१२ औ दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण दिलाएकी फुपुलाई ओलम्पिकको तयारी स्वरुप जापान प्रशिक्षणको व्यवस्था मिलाईएको थियो । फुपुको जापान प्रशिक्षणको रिपोर्ट हेरिसकेपछि संघले उनीमाथि कारबाही गरेको हो ।

फुपूकै कारण मनिता श्रेष्ठ लगायतका बैदेशिक प्रशिक्षण रोक्का भएपछि जुडो संघ र ओलम्पिक कमिटि फुपुसंग आक्रोसित हुदै आएको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

दक्षिण एसियाली जुडोमा नेपाल प्रथम

दक्षिण एसियाली जुडोमा नेपाल प्रथम

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना