रुस विश्वकप : नकआउट चरण सुरु हुँदै, आज कुन कुन टोली भिड्दै ?
शनिबार, असार १६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुस विश्वकप फुटबलमा आज (शनिबार) बाट अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणका खेलहरु बिहिबारबाट सकिएसंगै विश्वकपको नकआउट चरण सुरु हुन् लागेको हो ।
अन्तिम १६ को पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दै छन् । कजान एरिनामा हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
यस्तै नकआउट चरणको दोस्रो खेलमा समूह एको विजेता उरुग्वे र समूह बीको उपविजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र पोर्चुगलबीचको खेल राति पौने १२ बजे फिस्ट एरिनामा सुरु हुनेछ ।













-1762856022963.jpg&w=3840&q=75)


