युएफसी फाइटर मेक ग्रिगोर पक्राउ
मंगलबार, फागुन २८, २०७५खेलपाटी संवाददाता

एजेन्सी । युएफसी बक्सर कोनोर मेक ग्रिगोर अमेरिकामा पक्राउ परेका छन् । एक समर्थकलाई दुर्व्यवहार गरेको आरोपमा ग्रिगोर फ्लोरिडामा पक्राउ परेका हुन् ।
३० बर्षीय आइरिस बक्सर ग्रिगोरलाई मियामी समुद्री किनारमा सोमबार पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
प्रहरीले ग्रिगोरले एक समर्थकको मोबाइल फोन कब्जा गरेको र फुटाउने प्रयास गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
२२ बर्षे एक समर्थकले ग्रिगोरसंग सेल्फी खिच्दै गर्दा ग्रिगोरले उनको फोन भुईमा झारिदिनुका साथै कब्जामा लिएका थिए ।
ग्रिगोरले मोबाइल फुटाइदिएपछि समर्थकले प्रहरीमा उजुरी गरेका थिए । उनको मोबाइलको मूल्य १ हजार पाउण्ड रहेको बताईएको छ ।
पुर्व युएफसी च्याम्पियन ग्रिगोर युएफसी फाइटका लागि तयारी गरिरहेका छन् ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


