काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट आईटीएफ, खो खो र सेपाकताक्रो खेलाडी छनोट भएका छन् ।
आईटीएफतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
पुरुषतर्फ मिलन धामी, अनिल तामाङ, कर्साङ दोर्जे स्याङबा तामाङ, आशिष भुजेल, समिर श्रेष्ठ, डेविद घले, सुमित खुलाल मगर, सागर बानियाँ, शिशीर राई, सौरभ घिमिरे, सुजन पुलामी मगर, राजेश बोलखे, मानस थिङ र लाक्पा लामा रहेका छन् ।
महिलामा सोनी खड्का, निलिमा सुनुवार, सचिना सुनुवार, अनिशा कार्की, स्वेता राई, डोल्मा गुरुङ, रञ्जना तुलाङगे, रन्जिता मगर, रन्जु पुलामी मगर, शरु घिमिरे र रश्मी थापा मगर छन् ।
सेपाकताक्रोको पुरुषमा रुपेश सुनार, दिलीप खत्री, रविन भट्टराई, जिमी कपाली र मिजेश लामा छनोट भए । महिलामा उषा महर्जन, स्वस्तिका श्रेष्ठ, सपना तामाङ, सुष्मा विशुंखे र सम्झना तामाङ छानिए ।
खो खोको पुरुषमा विशाल बस्नेत, पवन महर्जन, इक्रम तामाङ, विष्णु भुसाल, राजन बल, सौरभ महर्जन, किशोर महर्जन, रोहन कपाली, प्रमोद श्रेष्ठ, उमेश दाहाल, नवराज दमरु र सुनील भण्डारी रहेका छन् ।
महिलामा सुमिना सिल्पकार, कृति कोजु, रोशनी बलमाला, रोजिना दाहाल, सुनिता मानन्धर, अनिशा गोले, सुनिता भुजेल, रिया महर्जन, निर्जला शेर्पा, सविना तामाङ, रक्षा पोखरेल र सुमित्रा हुमागाईं छन् ।