एजेन्सी । बेल्जियम स्ट्राईकर रोमेलु लुकाकुले समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिन्जले इङ्ल्याण्डविरुद्धको खेलमा स्ट्राईकर लुकाकुले नखेल्ने प्रष्ट पारेका छन् ।
बिहिबार राति समूह जीको बिजेताको छिनोफानो गर्न बेल्जियम र इङ्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । गए शनिबार ट्युनेसियाविरुद्धको खेलमा लुकाकुले खुट्टामा चोट बोकेका थिए । सो खेलमा बेल्जियमले ५–२ ले जितेको थियो ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिन्जले लुकाकुको चोटको परिक्षणपछि अवस्था चिन्ताजनक नरहनेपनि इङ्ल्याण्डविरुद्धको खेलमा उनी नहुने बताए । ‘उनी ठिक हुन एक खेल भन्दा बढी समय लाग्ने छैन् ।’ मार्टिन्जले बताएका छन् ।
रुसी विश्वकप खेलिरहेका लुकाकुले दुई खेलमा चार गोल गरेका छन् । इङ्ल्याण्डका ह्यारी केनसंग गोल्डेन बुटका लागि प्रतिस्पर्धामा छन् ।