काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने सुटिङ खेलाडी छनोट भएका छन् ।
पुरुष एयर राइफलमा धनुषका सन्तोष शर्मा र प्रतीक कुँवरले राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे । पुरुष एयर पेस्तोलमा धनुषाका सुमन तुलाधर र जग्गीलाल महतोले राष्ट्रिय खेलकुदमा प्रदेश २ को प्रतिनिधित्व गर्ने छन् ।
महिला एयर राइफलमा धनुषाका निशा लामा तथा भावना घिमिरे ढुंगेल छनोट भए । महिला एयर पेस्तोलमा धनुषाकी उषा पोखरेल तथा सप्तरीकी शशिकला मानन्धर छानिए ।