आठौंका लागि प्रदेश ३ बाट १५ बक्सिङ खेलाडी छनोट
यस्तै आठौंका लागि प्रदेश ५, ६ र ७ को बक्सिङ छनोट आइतबारबाट सुरु भएको छ ।
प्रदेश नं. ७ बाट पुरुष ५२ केजी तौल समुहमा कैलालीका सागर मल्लले डडेल्धुराका भुवन विष्टलाई अंकको आधारमा पराजित गरेका छन् । सोही तौल समुहमा ५ नं. प्रदेशबाट गुल्मीका दिपक घर्तिले बाँकेका सुनिल बडाईलाई पराजित गर्दै सेमि फाईनलमा प्रवेश गरेका छन् ।
पुरुष ५६ केजी तौल समुहमा रोल्पाका राम प्रसाद पुन मगरले रुपन्देहीका अमन श्रेष्ठलाई र दाङ्गका चन्द्र्रज्योती थापाले पुर्वी रुकुमका आकाश डागीलाई पराजित गरे । ६० केजी तौलमा बाँकेका ईन्द्र सुनारले दाङ्गका गणेश थापामगरलाई र पाल्पाका थमन सिंह गाहाले गुल्मीका रबिन्द्र बुढालाई पराजित गर्दै सेमी फाईनलको यात्रा तय गरे । सोही तौल समुहमा प. रुकुमका निसम घर्तिमगरले सुशान्त मगरलाई पराजित गरे ।
पुरुष ६४ केजी तौल समुहमा बाँकेका बिसाल रेग्मीले दाङ्गका अनिल कुमार पुनलाई पराजित गरे भने सोही तौल समुहमा रोल्पाका शुनिल घर्तिमागरले रुपन्देहीका यादव थापालाई पराजित गरे ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


