एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो स्टार खेलाडी लियोनल मेस्सीसँग क्लबको भबिष्य बारे सोच्न सुरु गरिसकेको छ । क्लबका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले मेस्सीले अर्को सम्झौता पनि गर्नेमा बिश्वस्त रहेको बताएका छन् ।
३१ बर्षे मेस्सी र क्लब बिचको सम्झौता आउँदो २०२०/२१ को सिजन पश्चात समाप्त हुँदैछ । बार्सिलोनाको कप्तान मेस्सीले आफ्नो बाल्यकालको क्लब न्यु वेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न चाहेको बताउदै आएका छन् ।
क्लबले पहिले देखिनै यसको बारेमा सोच्दै आएको तर भबिष्य अझै धेरै टाडा रहेको अध्यक्ष जोसेफ मारियाले बताएका छन् । "उनि निकै प्रभावशाली खेलाडी हुन् र उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन कसरि गर्छन् भन्ने कुरामा सबैको ध्यानकर्षण रहेको छ । " उनले थपे ।
मेस्सीले आफ्नो फूटबल करियर न्युवेल्स ओल्ड ब्वाइजबाट सुरु गरेका थिए । उनि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएपछी उनले नौं पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि आत्मसात गरिसकेका छन् ।
गत सिजन मेस्सीसंग थप दुई बर्षका लागी सम्झौता लम्ब्याइएको थियो । मेस्सीलेले क्लबसंग सम्झौता अझै लम्बाउनेमा आफु बिश्वस्त रहेको अध्यक्ष जोसेफ बताउँछन् ।
उनले भने ,' क्लबले अब युवा खेलाडीको खोजी गर्नुपर्ने छ । मेस्सिलाई कसैले पनि टक्कर दिन सक्दैनन् र तत्कालको लागी यो असम्भव छ। ' 'बार्सिलोनामा मात्र नभई कुनै फुटबल क्लबमा मेस्सी जस्ता खेलाडी छैनन् । तत्कालिन कोचहरुले अब टिमले कसरी खेल्छ भन्ने सोच्नु पर्ने छ । " अध्यक्ष जोसेफ बताउछन् ।