संकटा र लालीगुराँसले अंक बाँडे
आइतबार, २४ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसनसँग बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा संकटा र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। लालीगुराँसको चौथो बराबरी हो। लिगमा ९ खेल खेलेको लालीगुराँसले १९ अंक जोडेको छ।
संकटाको पनि चौथो बराबरी हो। समान खेलबाट संकटाको १० अंक छ। खेलको ३०औं मिनेटमा लालीगुराँसका अब्दुल युसुफले प्रहार गरेको संकटाको गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउ गर्दै टोलीको संकटलाई टारे।
३१औं मिनेटमा संकटाको ताये ड्यानियल बदरुले गरेको लामो प्रहार गोलपोस्टको माथिबाट बाहिरियो। निर्धारित र इन्जुरी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।









-1773053712375.png&w=3840&q=75)



