भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

काठमाडौं। नेपाल पुलिस क्लबले राष्ट्रिय लिगमा सोमबार श्री भगवती क्लबमाथि कठिन जित निकालेको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा पुलिसले १–० गोलको नतिजा हात पारेको हो।
खेलभरि दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि गोल गर्न भने संघर्ष गर्नुपर्यो। निर्णायक गोल ३७औं मिनेटमा आयो। भगवतीका पिटर सेगुनबाट आत्मघाती गोल हुन पुग्यो। उक्त गोल नै खेलको नतिजा बदल्ने क्षण बन्यो।
यसअघि ३०औं मिनेटमा पुलिसका जोन विष्टले गरेको शक्तिशाली प्रहारलाई भगवतीका गोलकिपर बिवाश चौधरीले उत्कृष्ट बचाउ गरेका थिए। त्यसको एक मिनेटपछि पुलिसले पाएको पेनाल्टीमा दशरथ गिरीको प्रहारसमेत बिवाशले रोकेपछि भगवती थप संकटबाट जोगिएको थियो।
रिबाउन्डमा आएको बलमा मनीष सेढाईको प्रयास पोस्ट नजिकैबाट बाहिरियो। दोस्रो हाफमा भगवतीले बराबरीका लागि दबाब बढाएको थियो। ६५औं मिनेटमा मार्टिन्स अजयीले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई पुलिसका गोलकिपर निरज खड्काले उत्कृष्ट प्रतिक्रिया दिँदै बचाए।
त्यसैगरी, सुजल डङ्गलको अर्को प्रहारसमेत पुलिसका गोलकिपर शत्रुधनकुमार चौधरीले एंगल चेन्ज गर्दै विफल पारे।













-1769407824233.jpeg&w=3840&q=75)

